0 COMMENTS

कात्तिक ५, धनगढी । सशस्त्र प्रहरी बलको अत्तरिया नगरपालिकास्थित पेट्रोल पम्पमा गएराति ढुङ्गामुढा भएको छ ।

पेट्रोलियम पदार्थ नदिएको भन्दै सर्वसाधारणले पम्पमा ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ । तीन राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ ।

जाँड खाएर आएका स्थानीय केही व्यक्तिले पेट्रोल नदिएको भन्दै पम्पमा रोकी राखिएका गाडीमा ढुङ्गा प्रहार गर्न थालेपछि सुरक्षार्थ खटिएका प्रहरीले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।घटनामा संलग्न भएको भन्दै प्रहरीले सोही ठाउँका सुभाष भट्ट, सुरेश बूढा र गगन गिरीलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।