0 COMMENTS

nepal-oil-corporation_nepal1

कात्तिक ४, काठमाडौं । ग्यास आयातकोका लागि आवश्यक प्रक्रिया पूरा गर्न नेपाल आयल निगमका उच्च अधिकारी सहितको टोली चीन गएको छ । प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति ६ सदस्यीय टोली चीन गएको हो ।

निगमका निमित्त उपमहाप्रबन्धक सुशील भट्टराईको नेतृत्वमा टोली चीन गएको हो। टोलीमा निगमकै उच्च अधिकारीसहित ग्यास विक्रेता महासंघ नेपालका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्याल र नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरे र गोकुल भण्डारीसमेत सहभागी छन् ।

बुधबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर चीनबाट ग्यास आयातका विषयमा थप निर्णय गर्ने सहमति भए पनि सरकारले मंगलबार राति नै टोली चीन पठाएको हो। दसैंपछि सरकारी प्रतिनिधि सहितको टोली चीन जाने तयारी गरेको भएपनि ढिला हुने भन्दै मंगलबार राति नै एउटा टोली चीन गएको हो ।

त्यसअघि मंगलबार दिउँसो नै एक जना प्रतिनिधिलाई पनि चीन पठाइसकिएको थियो । नेपाल र चीनबीच ग्यास तथा अन्य पेट्रोलियम ल्याउन सहजीकरण गर्न सक्ने व्यक्ति छनौट गरी चीन पठाइएको थियो । ती व्यक्तिका बारेमा भने खुलाइएको छैन ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणले समस्या समाधान नभएपछि सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउन विशेष चासो दिएर काम अघि बढाएको हो । प्रधानमन्त्री ओलीले मंगलबार राजनीतिक संयन्त्रमा यो विषयमा छलफल गरिसकेका छन्। उनले निगमका उच्च अधिकारीहरुलाई तत्काल काम अघि बढाउन पनि निर्देशन दिएका थिए ।

व्यवसायीहरुले यसअघि नै चीनबाट ग्यास ल्याउन आयल निगमसँग अनुमति मागिसकेका थिए । दुबै देशका सरकारबीच सम्झौता नभएको र हालसम्म चीनबाट ग्यास नल्याएको कारण पनि अनुमति दिइएको थिएन । निगमले केही कम्पनीलाई चीनबाट ग्यास आयातको अनुमति दिइसकेको स्रोतले बताएको छ । -पहिलोपोस्टबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।