0 COMMENTS

Indian-oil-cor-IOCकाठमाडौं,३ कात्तीक /इन्डियन आयल निगम (आईओसी) ले रक्सौलबाहेक अन्य नाकाबाट मात्रै इन्धन उपलब्ध गराउने आश्वासन दिएको छ । तर नेपाललाई आवश्यक परिमाणमा इन्धन उपलब्ध गराउने दिने भन्नेमा आईओसीले कुनै आश्वासन दिएन ।

आईओसीले यस्तो आश्वासन नेपाल आयल निगमका उच्च अधिकारी सम्मिलित टोलीलाई दिएको हो । तर नेपाललाई आवश्यक परिमाणमा इन्धन उपलब्ध गराउने दिने भन्नेमा आईओसीले कुनै आश्वासन दिएन ।

आईओसीले यस्तो आश्वासन नेपाल आयल निगमका उच्च अधिकारी सम्मिलित टोलीलाई दिएको हो । निगमका कार्यकारी निर्देशक गोपाल खड्का र निमित्त निर्देशक मुकुन्द घिमिरेसँग नयाँदिल्लीमा भेटवार्ता गर्दै आइतबार राति आईओसीका उच्च अधिकारीले यस्तो आवश्वासन दिएका हुन् ।

निगमका दुवै अधिकारी सोमबार अपराह्न दिल्लीबाट नेपाल फर्केका हुन् । घिमिरे शुक्रबार र खड्का शनिबार नयाँदिल्ली गएका थिए । ‘खोजेअनुसारको उपलब्धिमूलक वार्ता हुन सकेन’, खड्काले अन्नपूर्णसँग भने, ‘उसले रक्सौलबाहेकको नाकामार्फत सक्ने जति परिमाणमा मात्रै उपलब्ध गराउने आश्वासन दियो ।’

आईओसीका उच्च अधिकारीले रक्सौल नाकामा रोकिएका ट्यांकर र ग्यासका बुलेटहरू फर्काएर बरौनीमार्फत विराटनगरको जोगबनी, नेपालगन्जको गोन्डा, भैरहवाको बेतालपुर र हल्दियाबाट जोगबनी नाका हुँदै नेपाल भित्र्याउने विषयमा मात्रै सहमति जनाएको छ ।

स्रोतका अनुसार तर नेपाललाई आवश्यक पर्ने परिमाणका बारेमा भने आईओसीले कुनै सकारात्मक जबाफ दिएन । निगमका अनुसार आईओसीले रक्सौलमा रोकिएका बुलेट र ट्यांकरहरू अर्को बाटो (रि रुट) नाकाबाट पठाउने सहमति दिएको छ । रक्सौल नाकामा तीन सय सयभन्दा बढीको संख्यामा लोड भएको बुलेट रोकिएका छन् । ती बुलेटबाट झन्डै चार लाख सिलिन्डर भर्न मिल्छ ।

निगमका अनुसार नेपालमा अहिले देखिएको इन्धन र ग्यासको चरम अभाव हटाउन रक्सौल नाका नै खोल्नुपर्छ । उक्त नाका नखुलेसम्म समस्या समाधान गर्न नसकिने निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।