0 COMMENTS

 

pm-oli-with-woo-chuntaiकाठमाडौं, ३ कात्तिक । नेपालका लागि चिनिया राजदुत वु चुन्ताई र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता हुने भएको छ । दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटमार हुने भेटमा नेपालको इन्धन संकटका विषयमा चीनले गर्न सक्ने सहयोगका विषयमा कुराकानी हुनेछ ।

इन्धन संकट हल गर्न आवश्यक पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीनसमक्ष औपचारिक रूपमा नेपाल सरकारले अनुरोध गरिसकेको छ । त्यसै विषयमा दिउँसोको भेटमा थप छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ मुलुक भित्रिन नसकेपछि सरकारले विकल्पका रूपमा उत्तरी छिमेकी चीनलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको हो । परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित चिनिया दूतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो ।

सोमबार साँझ प्रधानमन्त्री ओलीले रात्रिभोजसहित बालुवाटारमा बोलाएको एमालेको स्थायी समितिको बैठकमा चीनबाट इन्धनलगायत अत्वश्यकीय सामग्री ल्याउन पहल गर्न निर्देशन दिएको थियो । एमाले सचिव योगेश भट्टराईका अनुसार सोमबार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समितिको बैठकमा अधिकाँस सदस्यहरुले आपूर्ति व्यवस्थाका लागि चीन सरकारलाई औपचारिक पत्राचार गर्न ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले बैठकमा उच्चस्तरीय सरकारी टोलि चीन पठाउन र आपूर्तिका लागि निजीक्षेत्रलाई पनि अनुमति दिन, तराइ मधेसलाई केन्द्रित गरेर सामाजिक तथा आर्थिक सुधारका कार्यक्रम घोषणा गरी कार्यन्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।