0 COMMENTS

कत्तिक ,३,काठ12063860_534006500088855_6765700610903736933_n copyमाण्डाै । बिजया दशमीको आज सातौँ दिन फूलपाती परेको छ । आश्विन शुक्ल सप्तमीका अवसर पारी आज देशभरका बिभिन्न शक्तिपीठमा फूलपाती भित्र्याइँदै छ ।

दशैंको पहिलो दिन घटस्थापना जस्तै सप्तमी, अष्टमी, नवमी एवम् बिजया दशमी तिथिको विशेष महत्व हुने शास्त्रीय मान्यतानुसार फूलपातीको आफ्नै विशिष्ट महत्व रहेको छ । यस दिनसम्ममा आफ्नो घरबाट बिभिन्न शिलशिलामा बाहिर रहेका परिवारपनि घरमा आउने हुनाले महत्वपूर्ण मानिन्छ । परम्परागत मान्यता अनुसार फुलपातीस्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको स्थानमा भित्र्याउने प्रचलन छ ।

सप्तमी तिथिको दिन दशैंको लागि पूजा सामग्री स्वरूप फूलपाती घरको आगनमा प्रवेश गराउने कार्य हुन्छ । आजकै दिन सदर टुँडिखेलमा बढाइँ भएपछि फूलपातीस्वरूप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पूजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ । यी नौ पातमा क्रमशः ब्रहृमाणी, रक्तचण्डिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कार्तिकी देवीलाई एक एक गरी आवाहन गरेर सोह्र सामग्रीले पुजिन्छ ।

धार्मिक भनाई अनुसार इन्द्र, शिव, विष्णु एवं श्रीरामले वृत्तासुर, त्रिपुरासुर, मधुकैटभ तथा रावण वधको लागि क्रमैसँग नवरात्र व्रत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।