कात्तिक २, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यही कात्तिक ५ गते बिहीबार विजयादशमीका अवसरमा बिहान १०:५५ बजे टीकाका लागि साइत उपयुक्त भएको ठहर गरेको छ ।
सामान्यतः टीकाको साइत आवश्यक नपर्ने तर साइत जुराउन चाहनेका लागि सो साइत उपयुक्त भएको जनाएको हो ।
तिथि घटबढका कारण सोही दिन महानवमी पनि परेकाले महानवमीको कार्य सम्पन्न भएपछि मात्र विजयादशमीको कार्य प्रारम्भ गर्ने र बिहान १०:४५ बजे देखि बिसर्जन गर्न उपयुक्त हुने सो समितिले सरकारलाई उपलब्ध गराएको पत्रमा उल्लेख छ ।
विजयदशमीमका दिन बिहान ११:०१ बजे तुलजा भवानीको यात्रा र ११:५५ बजे स्थिराशनपछि खड्गयात्राका लागि उपयुक्त हुने उल्लेख छ।
भोलि ३ गते फूलपातीका दिन बिहान १०:५५ बजे तुलजा भवानी यात्रा गरी ११:५३ बजे स्थिराशन गर्नुपर्ने जनाइएको छ।