0 COMMENTS

brain-on-sexएजेन्सी । नेपालमा सेक्सको बारेमा खुला छलफल गर्ने कुरालाई लाजको विषय बनाउने गरिन्छ । तर विश्वमा यस्तो कयौं देशहरु छन्, जहाँ सेक्सको बिषयमा खुलेर कुरा गरिन्छ । हामी सबैलाई थाहा छ, सेक्स पति र पत्नीको सम्बन्धलाई जोडीराख्ने एउटा बलियो बन्धन पनि हो ।

हामी मध्ये धेरैलाई नै थाहा छ, नियमित यौनसम्पर्कले पुरुष र महिला, दुवैलाई स्वस्थ राख्न मद्दत गर्दछ । तर महिलालाई भने पुरुषलाई भन्दा बढी फाइदा हुने एक अध्ययनबाट पुष्टि भएको छ । अध्ययनले यौनसम्पर्कबाट महिला तनावमुक्त हुने देखाएको छ । यस्तै यसले महिलालाई रोगसँग लड्नसक्ने क्षमतामा समेत बढोत्तरी हुन्छ ।

नियमित यौनसम्पर्कले महिलाको छालामा समेत निखार आउँछ र सबैभन्दा महत्वपूर्ण कुरा त यसले महिलाको तौललाई समेत नियन्त्रणमा राख्दछ । अध्ययनका अनुसार जुन महिलाले हप्तामा २ देखि ३ पटकसम्म यौन सम्पर्क राख्दछिन्, उनलाई हृदयाघात र स्ट्रोकको समस्यामा पनि कमी ल्याउँछ ।

नियमित यौन सम्पर्कले महिलाको शरीरमा रक्त सञ्चारमा वृद्धि हुन्छ । यसले अक्सोटोसिन नामक हर्कोन उत्पन्न गर्दछ, जसले जसले शरीरमा हुने दुखाईलाई समेत कम गर्दछ ।

उक्त अध्ययनका अनुसार यौन सम्पर्ककै क्रममा पनि महिलाहरु बढी नै तनावमुक्त हुन्छन् र खुसी देखिन्छन् । यो क्रममा पैदा हुने अक्सिीटोसिन हर्मोनले तनावलाई पनि टाढा भगाउँछ । यतिमात्र नभएर प्रेमको आदानप्रदानले पैदा गर्ने अक्सीटोसिनले महिलालाई गहिरो निन्द्रा लाग्दछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।