0 COMMENTS

modi-and-kamalकाठमाडौं, २ कात्तिक । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
सोमबार नयाँदिल्लीमा भएको भेटवार्तामा करिब एक महिनादेखि जारी नाकाबन्दी खोल्न थापाले आग्रह गरेपनि मोदीले भने कुनै स्पष्ट जवाफ नदिएको श्रोतले जनाएको छ । नाकाबन्दीपछि विग्रिएको नेपाल भारत सम्बन्ध सुधार गरि आवागमन सहज बनाउने उद्देश्यले दिल्ली पुगेका थापाले आवागमन सहज बनाउन भारत सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । भेटघाट कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतीय राजदूत रञ्जित रे लगायतको सहभागिता थियो। परराष्ट्रमन्त्री थापा आजै स्वदेश फर्किंदैछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।