0 COMMENTS

Kamal-thapa-and-Sushma-Swarajकाठमाडौं, २ कात्तिक । नयाँ संविधान कहिले संशोधन हुन्छ ? १० या १५ दिनभित्रमा ? उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग भारतीय विदेश सचिव एस जयशंकरले ठाडै प्रश्न गरे ।

जवाफमा थापाले भने, आन्दोलनरत मधेस केन्द्रित दललाई संवादमा ल्याउन गम्भीर प्रयास भइरहेको छ । प्रधानमन्त्री आफैँले पनि अग्रसरता लिइरहनुभएको छ ।

यो हाम्रो आन्तरिक मामिला चाँडै सुल्झाउने प्रयास गर्दछौं । नयाँदिल्लीस्थित होटल ओवरायमा आइतबार जयशंकरसग भएको भेटमा मन्त्री थापाले संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता भइसकेको भन्दै राजनीतिक संवालबाटै समस्याको हल गर्ने प्रयास भइरहेको जानकारी गराए ।

थापाले नाकाबन्दी शब्द उच्चारण नगरी भारतीय नाकाबाट मालबाहक ट्रक र पेट्रोल बोकेका ट्यांकर नेपाल भित्रिन अवरोध हुदाँ चाडपर्वको मुखमा नेपालले गहिरो संकट बेहोरिरहेको भन्दै ध्यानाकर्षण पनि गराए । अन्नपूर्ण पाेस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।