0 COMMENTS

काठमाडौं, २ कात्तिक । मन्त्रिपरिषद विस्तार भएको एक हप्ता बितिसक्दा पनि मन्त्री परिषद विस्तार गर्न ढिलाई भएको छ । सरकारको नेतृत्व गरिरहेको पार्टी नेकपा एमालेले मन्त्री चयनका विषयमा छलफल जारी राखे पनि मापदण्डका विषयमा कुरा नमिल्दा मन्त्री चयन हुन सकेको छैन ।

नेकपा एमालेले पाएको ७ मन्त्रीमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के पी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मापदण्डका विषयमा कुरा नमिल्दा ढिला भएको स्रोतले बताएको छ । यसअघि मन्त्री बनेका अग्नि खरेलका विषयमा समेत पार्टीमा विवाद देखिएको छ । सरकारमा ओलीपछिको नेतृत्वमा उपाध्यक्ष भीम रावल वा उपमहाचिव विष्णु पौडेल कसलाई पठाउने भन्नेमा पनि कुरा मिलेको छैन ।

ओलीले एमाओवादीसँग पार्टी एकताको उद्देश्यसहित एमाओवादीलाई ८ वटा र महत्वपूर्ण मन्त्रालय दिएको भन्दै बैठकमा माधव नेपाल पक्षका नेताहरुले तिव्र असन्तुष्टि व्यक्त गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । पाँच जना उपप्रधानमन्त्रीसहित जम्बो मन्त्रिमण्डल बनाउन लागिएको भन्दै पार्टीभित्र असन्तुष्टि चुलिएको बताइएको छ । एमालेको भागमा प्रधानमन्त्रीसहित अर्थ, रक्षा, सञ्चार, कानुन, शहरी विकास, स्वाथ्य मन्त्रालय परेका छन् ।
एमाले नेता कृष्ण गोपाल श्रेष्ठले भने प्रधानमन्त्रीले आफुलाई सहज हुने गरी मन्त्री छान्न लागेकाले ढिला भएको बताए । उनले अब दशैपछि मन्त्रिपरिषद विस्तार गर्ने भन्ने विषयमा समेत छलफल भइरहेको पनि जानकारी दिए । नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, मजदुर किसान पार्टीलाई पनि सरकारका सहभागी गराउन खोजिएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।