0 COMMENTS

काठमाडौं, १ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्री मण्डल आईतबार विस्तार भएको छ । यसक्रममा एमाओवादीका ७ तथा फोरम लोकतान्त्रिक र बहुजन समाजवादी पार्टीका १-१ मन्त्रीले सपथ लिएका छन् । यसपटक सपथ लिने मन्त्रीहरुको लिस्टमा चार तल्ला माथिबाट संविधानसभाको कुर्सी फाल्नेदेखि बैठकमै कुर्सी उचालेर पछार्नेसम्म छन् ।

Oli-Mantri-Banner
बितण्डा मच्चाउने विश्वेन्द्र पासवान (विनाविभागीय मन्त्री)

बहुजन समाजवादी पार्टीको प्रतिनिधित्व गर्दै संविधानसभामा प्रवेश गरेका पासवान आफ्ना नकारात्मक हरकत र बितण्डाका कारण बारम्बार चर्चामा रहे । संसद सचिवालय भवनको चौंथो तल्लाबाट कुर्सी फाल्नेदेखि राज्यपुनर्संरचना समितिको प्रतिवेदन च्यात्नेसम्मका हरकतका कारण संविधानसभामा उनको संधै नकारात्मक चर्चा रह्यो ।

 

पहिलो संविधानसभा अन्तर्गत संवैधानिक समितिको बैठकका क्रममा जंग चलेपछि उनले चौंथो तल्लाको झ्यालबाट चौरमा पुग्नेगरी कुर्सी फाले । यस्तै राज्य पुनर्संरचनाका विषयमा बोल्न नपाएको भन्दै उनले राज्यपुनर्संरचना समितिको प्रतिवेदन च्यात्न भ्याए ।

उनको बितण्डा पहिलो संविधानसभामामात्रै सिमित रहेन । दोस्रो संविधानसभामा केही सम्हालिएपनि उनले नकारात्मक चर्चाभने कमाईनै रहे । यसक्रममा गत असार १५ गते संविधानसभाको बैठकमा संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले मस्यौदा पेश गर्न लाग्दा उनी संविधान लेखिएको एउटा कागज लिएर च्यात्न तम्सिएका थिए । त्यतिबेला सभामुखले आसनमा बसाले, केहीबेरमा मस्यौदा पेश भयो, उनले त्यसपछि मस्यौदा च्यातेरै छाडे ।

Paswan

तस्वीर सौजन्य: पहिलो पोस्ट

त्यसपछि उनी संविधान जारी गर्नुअघि विभिन्न माग राख्दै अनसन बसे । अर्को रोचक कुरा त के भने संविधानमा सबैभन्दा धेरै संसोधन राख्ने सभासदसमेत उनै हुन् । प्राय धारामा उनको संसोधन प्रस्ताव दर्ता भएको थियो । तर, उनले हालेका कुनै पनि संसोधन पारित भएनन् ।

कुर्सी उचालेर थचार्ने उमेश यादव, (सिंचाईमन्त्री)

Umesh-YDV-Savasad1Umesh-Yadavसप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित एमाओवादी सभासद् उमेश यादवले दोस्रो संविधानसभामा पासवानले जस्तै चर्चा कमाए । कारण थियो संविधानसभा भवनमा कुर्सी तोडफोड । उनले कुर्सी उचालेर पछार्दै गरेको तस्वीर सामाजिक सञ्चाल तथा मिडियाहरुमा भाइरल नै बन्यो ।

 

गत माघ ५ गते काँग्रेस-एमाले पेलेर प्रक्रियामा अघि बढ्न खोजेपछि एमाओवादीले बैठक अवरुद्ध पारेको थियो । राति करिब साढे १ बजे सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रश्नावली समिति गठनको प्रस्ताव पेश गर्न कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठलाई समय दिए ।

श्रेष्ठ प्रस्ताव पेश गर्न रोस्ट्रमतर्फ अघि बढेपछि एमाओवादी सभासद्हरू रोस्ट्रम घेराउ गर्न पुगे । केही सभासद्हरू मर्यादापालकलाई लछारपछार गर्दै सभाध्यक्ष आसनतिर गए भने केही कुर्सी तोडफोड गर्दै सभाध्यक्षतिर मोबाइल, जुत्ता र माइक प्रहार गर्न थाले । त्यसक्रममा कुर्सी उचालेर फाल्ने यीनै यादव थिए ।

अहिले यी दुबै ओलीका सत्ता सहयात्री बनेका छन् । मन्त्रीको रुपमा उनीहरुको कार्यदक्षता कस्तो रहने हो, त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।