काठमाडौं, १ कात्तिक / एकीकृत नेकपा माओवादीले पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गर्ने सात मन्त्रिको अन्तिम टुंगो लगाएको छ ।
सरकारमा एमाओवादीको नेतृत्व टोपबहादुर रायमाझीले गर्ने भएका छन् । उनलाई एमाओवादीले उपप्रधान तथा उर्जामन्त्रीमा सिफारिस गरेको छ । त्यस्तै गृहमन्त्रीमा शक्ति बस्नेतलाई पठाउने निर्णय गरेको एमाओवादीले गिरिराजमणि पोखरेललाई शिक्षा, रेखा शर्मालाई सामान्य प्रशासन, अग्नि सापकोटालाई वन र गणेशमान पुनलाई आपुर्ति मा सिफारिस गरेको हो ।
प्रतिक्रिया दिनुहोस्