0 COMMENTS

काठमाडौं ३० असाेज / प्रधानमन्त्री केपी ओलीले राजनीतिक हस्तक्षेपबाट मुक्त भएर काम गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको ६० औं स्थापना दिवसको अवसरमा शनिबार प्रहरी मुख्यालयमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले कानुनको पालना गरेर अगाडि बढ्नु प्रहरीको कर्तव्य भएको बताए ।

उनले प्रहरी संगठन स्वतन्त्र र जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने भन्दै नेपाल प्रहरीले देखाएको वीरताको पनि खुलेर प्रशंसा गरे । प्रधानमन्त्री ओलीले मुलुकमा शान्ति, सुरक्षा, न्याय निरुपण र अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्ने बताए ।

उनले नेपाल प्रहरीको छवी र मर्यादा नेपालमा मात्र नभई विश्वमै सन्तोषजनक रहेको भन्दै आफ्नो इमान्दारिता व्यवहारमा देखाउन सकेकोमा गौरव लागेको बताए ।नेपाल प्रहरीलाई स्रोत साधन सम्पन बनाउन र दक्षता अभिवृद्धि गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालले प्रहरी संगठन अविचलितरुपमा क्रियाशील भएर देश र जनताका लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे । उनले राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई जोगाएर अगाडि बढाउने चुनौति रहेको भन्दै आफू स्वतन्त्र र व्यवसायिक संगठनका लागि क्रियाशील रहने पनि बताए ।

समाजमा शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रण गर्न इमान्दारितापूर्वक लाग्ने उनको प्रतिबद्धता थियो । कार्यक्रममा वीर गति प्राप्त गरेका शहिद प्रहरीका परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।