0 COMMENTS

Managn-and-Three-star-2-300x191काठमाडौं, ३० असोज । राष्ट्रिय लिग फुटबल प्रतियोगिताको उपाधि ललितपुरे क्लब थ्रीस्टारले जितेको छ । नियमित कप्तान तथा अनुभवी डिफेन्डर सागर थापा र सन्दिप राईविना मैदन उत्रिएको थ्रीस्टारले निर्णायक खेलमा चीरपिरचित प्रतिद्वन्दी मनाङ मर्स्याङ्दी क्लबलाई २-० ले पराजित गर्यो ।

जीतसँगै थ्रीस्टारले नगद १ करोड हात पारेको छ । तेस्रो स्थानमा चित्त बुझाउन बाध्य मनाङले भने २५ लाख पाउने छ । लीगमा १० जीत, ५ बराबरी र १ हार ब्योहोरेको थ्रीस्टारले कुल ३५ अंक जोड्यो ।

दोस्रो स्थानमा लिग टुङ्ग्याएको नेपाल आर्मीले ३३ र तेस्रो स्थानको मनाङले ३१ अंग जोडे ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा शनिबार भएको खेलमा थ्रीस्टारलाई लिग च्याम्पियन बनाउने क्रममा ओलावाले र विजय धिमालले १-१ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।