0 COMMENTS

Graham-Roberts-300x160काठमाडौं, ३० असोज । नेपाल र फिलिपिन्सबीचको म्याच फिक्सिङ हुँदैछ भन्ने कुरा नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सले पनि पत्तो पाएको र उनले आफ्नो तर्फबाट टिमलाई बचाउन सक्दो प्रायास गरेको खुलासा भएको छ ।

‘फिलिपिन्ससँगको म्याचमा फिक्सङ हुँदैछ र त्यसमा तपाईंका खेलाडी पनि सामेल छन्,’ भन्ने कुरा बुकीले सिंगापुरमा उनलाई जानकारी गराएको थियो, निकट स्रोतलाई उल्लेख गर्दै ‘गोल नेपाल डटकम‘ले लेखेको छ, ‘सायद सुरुमा उनले त्यो सूचनालाई विश्वास गरेनन्, खेलमा उही टिम उतारे, जसलाई उतार्ने उनको पूर्वयोजना थियो ।’

स्रोत अघि भन्छ, ‘जब उनले डिफेन्डिङमा आफ्ना खेलाडीहरुको गम्भीर लापरबाही देखे, तब उनी एकदमै सक्ड भए । त्यसपछि उनले १८औं मिनेटमा नै सागर थापालाई निकाले र भोला सिलवाललाई खेलाए ।’ सागर थापाको नियतमा उनलाई त्यति बेला नै शंका लागेको थियो ।सो खेल नेपालले ४-० ले हारेको थियो । ति सबै गोलमा नेपाली डिफेन्डरहरुको गम्भीर लापरवाही प्रमुख कारण थियो ।

ग्राहम रोबर्ट्स नेपाली फुटबलको इतिहासमा सबैभन्दा धेरै सम्झिइने प्रशिक्षक हुन् । नेपाल रहँदासम्म आफ्नो दिलो ज्यान दिएर लागेका रोबर्ट्स अन्त्यमा नेपाली टिमलाई यो भन्दा माथि पुर्याउन नसकिने निष्कर्षसहित निरास भएर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।