असोज, असोज २९ / एकीकृत माओवादीले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको छ । हिजो मात्रै एमाओवादी स्थायी समितिले पार्टी महासचिव कृष्ण बहादुर महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको थियो ।
एमाओवादीले पटक पटक बैठक गर्दा पनि मन्त्रीको टुङ्गो लगाउन सकेको छैन । विहीबार महासचिव महराको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको माओवादीले आज फेरी सो निर्णय उल्ट्याउँदै रायमाझीलाई सरकारको नेतृत्व र महत्वपूर्ण मन्त्रालय दिने गरी निर्णय गरेको स्रोतले बतायो ।
स्रोतका अनुसार एकै मन्त्रालयमा एउटै व्यक्ति दोहोरिन नहुने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाव परेपछि पार्टी महासचिव महरा पछि
हटेका हुन ।
प्रतिक्रिया दिनुहोस्