0 COMMENTS

काठमाडौंOnsari-, २९ असोज / एमाओवादी सभासद् ओनसरी घर्ति सभामुखमा निर्विरोध निर्वाचित भएकी छिन् । नेमकिपाको तर्फबाट उम्मेद्वारी दिएकी अनुराधा थापा मगरले उम्मेद्वारी फिर्ता लिएपछि ओनसरी सर्वसम्मतिले नेपालकै पहिलो महिला सभामुख बनेकी हुन् ।

घर्तिले यसअघि उपसभामुखको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । उनी एमाओवादी सचिव वर्षमान पुन अनन्तकी श्रीमतीसमेत हुन् ।

यसअघि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सभामुखमा उम्मेद्वारी नदिने निर्णय गरेको थियो । सभामुखले तथस्ट भूमिका निर्वाह गर्नुपर्ने भएकाले मत विभाजित गर्नु उचित नहुने भन्दै उसले उम्मेद्वारी नदिने निर्णय गरेको थियो । चुनाव हुने अवस्थामा ओनसरीलाई मत दिन काँग्रेसले आफ्ना सभासद्हरुलाई ह्वीपसमेत लगाएको थियो ।

उपसभामुखमा पनि सत्तारुढ दलको तर्फबाट उम्मेद्वार बनेका गंगाप्रसाद यादव निर्विरोध हुने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।