0 COMMENTS

काठमाडौं, असोज २९ – नेपाली कांग्रेसले सभामुख र उपसभामुखमा आफ्नाे पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको छ ।

शुक्रबार बिहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुखमा पार्टीबाट उमेद्वारी नदिने निर्णय गरेको कांग्रेसले जनाएको छ ।सत्तारुढ गठबन्धनका तर्फबाट एकीकृत नेकपा माओवादीकी ओनसरी घर्तीले सभामुख र राप्रपा नेपालका गंगाप्रसाद यादवले उपसभामुखमा उम्मेदवारी दिनुुहुने छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको पदमा भने प्रधानमन्त्री चुनावमा सघाएका दलसँग छलफल गरेर उमेद्वारी दिने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।