0 COMMENTS

Mahantha-thakurअसोज २९,काठमाडौं /कांग्रेसले राष्ट्रपतिमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरलाई अघि बढाउने संकेत गरेको छ ।

कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाका नेताहरुबीच भएको अनौपचारिक वार्तामा राष्ट्रपतिमा ठाकुरलाई सहयोग गर्नेबारे छलफल भइरहेको कांग्रेसका एक पदाधिकारीले बताए । कांग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा बिहीबार साँझ ठाकुरसहित कांग्रेस पदाधिकारीहरु बीच छलफल भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले भने राष्ट्रपति र सभामुखको उम्मेदवारको बिषयमा टुंगो लागि नसकेको बताए । ‘राष्ट्रपतिमा उम्मेदवार दिने हाम्रो मानसिकता हो,’ महतले भने, ‘प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्ने दल र सत्तारुढ घटकसँग समेत यस बिषयमा छलफल भइरहेको छ ।’

महतले राष्ट्रपतिका लागि समर्थन लिन सभामुखमा कांग्रेसले उम्मेदवार नदिन सक्ने बताए । ‘तर औपचारिक निर्णय भइसकेको छैन,’ उनले भने, ‘शुक्रबार विहान पदाधिकारी बैठकले यसको निर्णय गर्छ । सहमतीय राजनीतिलाई अघि बढाउन पनि सभामुखमा उम्मेदवार नदिने पक्षमा कांग्रेस रहेको महतको तर्क छ ।– कान्तिपुर दैनिक

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।