0 COMMENTS

Rambaran-Yadavअसोज २८, काठमाडौँ । राष्ट्रपति डा. रामवरण यादवले भारतीय पत्रिका द हिन्दुलाई अन्तर्वार्ता दिँदै राष्ट्रपति मधेसी चुनिनु पर्ने र दलहरुले मौका दिए फेरि सेवा गर्न इच्छुक भएको बताएका छन् ।

हिजोको पत्रिकामा छापिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘यदि राष्ट्र र राजनीतिक दलहरुले मलाई राष्ट्रपति बन्न आग्रह गरे म फेरि नेपालको सेवा गर्नेछु । विगतमा जस्तै म नेपालका लागि कुनै पनि जिम्मेवारी वहन गर्न तयार छु।’

राष्ट्रपति निर्वाचनको कार्यक्रम हालसम्म सार्वजनिक नभए पनि पत्रिकामा नयाँ राष्ट्रपतिको निर्वाचन अक्टोबर २७ मा हुने उल्लेख छ । पत्रिकामा नेपाली नेताहरुले बताएको भन्दै प्रधानमन्त्री पहाडी बाहुनले पाएका कारण राष्ट्रपति मधेसी नेताले पाउनु पर्ने र त्यसका लागि यादवको नाम अग्रपंक्तिमा रहेको उल्लेख छ। यादवले अन्तर्वार्तामा भनेका छन्. ‘मैले म राष्ट्रपति हुनुपर्छ भनेको छैन। तर एक मधेसीले देशको व्यवस्था र सन्तुलन मिलाउन सक्छन्। दलहरुले उठेका आवाजहरुलाई सुन्ने छन् भन्ने विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।