0 COMMENTS

ANURADHA-Koirala-300x270असोज २८, काठमाडौँ । मानव बेचबिखनविरुद्धको अभियानमा अग्रणी भूमिका निर्वाह गरेकी माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला अन्तर्राष्ट्रिय अवार्ड स्विडेनको चाइल्ड १० (सी टेन)बाट सम्मानित हुने भएकी छन्।

बालअधिकार स्थापनार्थ गरेको योगदान र बालबालिका बेचबिखनविरुद्धको अभियानमा निरन्तर लागेबापत कोइरालालाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो। नोभेम्बर ८ देखि १० तारिखमा स्विडेनको राजधानी स्टकहोममा आयोजना हुने समारोहमा उनलाई पुरस्कृत गरिनेछ।

पुरस्कारको राशि एक लाख स्विडिस क्रोनर छ । पुरस्कार पाएपछिको खुसी व्यक्त गर्दै कोइरालाले भनिन्, ‘यो पुरस्कार मेरो मात्रै होइन, समस्त नेपालीको हो। बेचबिखनविरुद्धको अभियानमा अगाडि लागेपछि सबैको साथ र सहयोग पाएको छु।’

सन् १९९३ मा स्थापना भएको माइती नेपालले हालसम्म २९ हजारभन्दा बढी महिला तथा बालबालिकालाई बेचबिखनजन्य अवस्थाबाट उद्धार गरिसकेको छ । तीसभन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड पाइसकेकी कोइरालाले सन् २०१० मा सीएनएन हिरो अवार्ड पनि पाएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।