असोज २८, काठमाडौं / नेपाललाई पेट्रोलियम बेच्ने एकाधिकारप्राप्त इन्डियन आयल कर्पोरेसन (आइओसी)ले सोमबार नेपाल आयल निगमलाई फोन गरेर भन्यो,‘चाहिएजति पेट्रोलियम पदार्थ लिन आउनू ।’
स्टकसमेत रित्तिएर आकुलव्याकुल बनेको निगमका उच्च अधिकारी आइओसीको फोनबाट हौसिए र तुरुन्तै १ सय ७२ वटा ट्यांकर भारतका विभिन्न नाकास्थित डिपोमा तेल भर्न पठाए ।
परिस्थिति भने त्यसको ठीक उल्टो भयो । आइओसीले तेल दिन ठाडै अस्वीकार गरिदियो । भारतीय पम्पले तेल दिन मानेन । -नागरिक दैनिक
प्रतिक्रिया दिनुहोस्