असोज २८, काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा इन्धन आपूर्ति सहज बनाउन उच्चस्तरीय वार्ता टोली बनाउने निर्णय भएको छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले असन्तुष्ट रहेका मधेसवादी दलहरुलाई बार्तामा आउन सरकारले लिखित रूपमा आव्हान गर्ने समेत निर्णय गरेको छ ।
यस्तै आजको मन्त्री परिषद बैठकले प्रधानमन्त्रीको प्रेस सल्लाहाकारमा प्रमोद दाहाललाई नियुक्त गरेको छ । दाहालले यसअघि तत्कालीन सूचना तथा सञ्चार मन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार भएर काम गरेका थिए । त्यस्तै इन्द्र भण्डारीलाई प्रधानमन्त्रीको स्वकीय सचिवमा नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्