0 COMMENTS

काठमाडौं, २८ असाेज/  दसैंले छोपिसक्यो प्राय उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यास छैन । अधिकांशका सिलिन्डर रित्ता छन्, भरुँ त बजारमा पनि पाइँदैन ।

बजारमा पेट्रोल मात्र होइन, ग्यासका पनि चरम अभाव छ। चाडपर्वमा अन्य समयमा भन्दा बढी खपत हुने इन्धन नपाउँदा उपभोक्ता हैरान छन् । विशेषगरी भान्साको चिन्ता गृहिणीलाई बढी हुन्छ।

राजधानीमा उपभोक्ताले कहिले पाउँछन् त ग्यास ? व्यवसायी भन्छन्– ‘दसैंअघि सम्भव छैन ।’

नेपाल ग्यास उद्योग संघका अनुसार राजधानीमा ग्यास भित्रिने मुख्य नाका वीरगन्ज हो । वीरगन्ज भन्सार अझै खुलेको छैन । खुलेपछि पनि ल्याएर राजधानीका उपभोक्ताका भान्सामा ग्यास पुर्‍याउन कम्तीमा एक साता लाग्छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।