0 COMMENTS

प्रकाश बस्याल,२७ ,असोज नवलपरासी /तिन ठुला दलको एकता भाड्ँनलाई प्रधानमन्त्रीको चुनावमा सहभागि भएको तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले दावि गर्नुभएको छ । साथै तिन दल मिलेर तराईमा जारी आन्दोलन दबाउन खोजेकाले तिनै तिन दलको एकता भाढ्नकालागी प्रधानमन्त्री चयनमा सहभागि भएको बताउनुभयो ।

आज नवलपरासीको सदरमुकाम परासीमा  पत्रकार भेटघाटमा बोल्दै नेता त्रिपाठीले यस्तो बताउनुभएको हो ।उहाँले शुशिल कोईरालालाई जिताउन नभई केपी ओलीलाई हराउन कोईरालालाई भोट दिएको बताउनुभयो । पुर्व मन्त्री समेत रहनुभएका नेता त्रिपाठीले संसदमा भएको प्रधानमन्त्रीको चुनावमा सहभागि भएर मधेसी मोर्चाले संविधान स्वीकार्य गरेको भन्ने हल्ला भ्रम छरिएको भन्दै अन्तरिम संविधान अनुसार रुपान्तरित संसद भएकाले आफुँहरु त्यसमा सहभागि भएको उहाँले बताउनुभयो । नेत्रा त्रिपाठीले चाडपर्वलाई मध्य नजर गर्दै नाकाबन्दी केहि सहज बनाईएको जानकारी दिनुभएको छ । मुख्य सिमानाकामा अवरोध जारी नै रहने तर अन्य सिमानाकाहरुमा भने सहज बनाईएको बताउनुभयो । आफुँहरुको आन्दोलन जनता विरुद्ध नभई राज्य विरुद्ध भएकाले जनताले राहत महशुस गर्ने नाका सहज बनाईएको उहाँको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।