0 COMMENTS

काठमाडौं, असोज २७ । नयाँ सरकारमा पार्टीकोतर्फबाट नेतृत्व गर्दै गृह तथा उपप्रधानमन्त्रीमा कसलाई पठाउने भन्ने विषयमा एमाओवादीभित्र विवाद चर्किएको छ । आकांक्षी धेरै भएपछि बुधबार बसेको एमाओवादी स्थायी समिति बैठक अनिर्णित बन्यो ।

गृहमन्त्रीका लागि एमाओवादीमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, स्थायी समिति सदस्य जनार्दन शर्मा तथा अर्का सदस्य नन्द किशोर पुन ‘पासाङ’ले दावी पेश गरेका छन् ।

यद्यपी अध्यक्ष प्रचण्डले भने महरालाई सभामुख र रायमाझीलाई गृहमन्त्री बनाउन चाहेका थिए । महरा भने पाए गृहमन्त्री बन्ने नपाए पार्टी काममा सक्रिय हुने मनस्थितिमा छन् ।

यस्तै सचिव रायमाझी पनि गृहमन्त्रीमा आफूलाई पठाउनु पर्ने अडानमा छन् । केही समयअघि पार्टी परित्याग गरेका नेता डा. बाबुराम भट्टराई निकट मानिएका रायमाझी हाल प्रचण्डको नजिक हुन प्रयासरत छन् । यता प्रचण्ड पनि रायमाझीलाई रोक्न सकिए धेरै नेपालाई बाबुरामसँग जानबाट रोक्न सकिने निष्कर्षमा रहेको स्रोत बताउँछ ।

महरा कि रायमाझी भन्ने विषयमा निर्णयमा पुग्न नसकिरहेका अवस्थामा प्रभाकर र पासाङले पनि इच्चा देखाएका छन् । पासाङ संसद सदस्य नरहेपनि आफूलाई संसदमा नियुक्त गरेर भनेपनि गृहमन्त्री बनाउनु पर्ने अडानमा रहेको बताइएको छ । नयाँ संविधानले सांसद नरहेको व्यक्ति मन्त्री बन्न नसक्ने व्यवस्था कायम गरेको छ ।

एमाओवादी स्रोतका अनुसार पासाङले आफूलाई गृहमन्त्री नबनाए बैठक नै चल्न नदिने धम्की दिएका थिए ।

त्यस्तै सार्वजनिक लेखा समितिका सभापति समेत रहेका नेता प्रभाकरले क्षमतावान मान्छेलाई गृहमन्त्री बनाउनु पर्ने अडान लिएका छन् । उनले आफूमा क्षमता रहेको भन्दै गृहमन्त्रीको दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।