0 COMMENTS

काठमाडौं, २७ असोज । सरकारले भारतसँगको सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन आवश्यक सहयोगका लागि भारतसँग पुनः आग्रह गरेको छ ।

उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले आज नेपालका लागि भारतीय राजदूत रणजीत रायसँग आज आफ्नै कार्यकक्षमा भएको भेटमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

भेटपछि रासससँग संक्षिप्त कुरा गर्दै उपप्रधानमन्त्री थापाले सिमानामा भएका अवरोध हटाउन भारत सरकारको सहयोगको अपेक्षा आफूले पुनः दोहोर्याएको बताए ।

नेपाली जनताले राहत पाउने गरी सीमा क्षेत्रका व्यवधान अन्त्य गर्न स्थानीय एवम् केन्द्रीयस्तरमा दुवै पक्षले मिलेर काम गर्नुपर्नेमा आफूले जोड दिएको उनले बताए ।

यसैबीच, उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री थापासँग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले आज शिष्टाचार भेट गरे ।

त्यसअवसरमा उनीहरुबीच नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।