काठमाडौं२७,असाेज । नेपाल आयल निगमले निजी सवारी साधनलाई दसैंअघि पेट्रोलियम पदार्थ दिन नसक्ने बताएको छ ।
निगमले दसैंका लागि भनेर उपत्यकामा हिजो मंगलबार मोटरसाइकललाइ ५ लिटर, निजी सवारी साधन कार तथा जीपलाई १५ लिटरको दरले पेट्रोलियम पदार्थ वितरण गरेको थियो । निगम प्रवक्ता दीपक बरालका अनुसार दसैंअघि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ पाउने छैनन् ।
पम्पमा लाइन बसेका निजी सवारी साधनलाई पनि तेल नदिइने हुनाले लाइनबाट हट्न निगमले आग्रह गरेको छ। लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनले भने पर्याप्त मात्रामा डिजेल पाउने पनि बरालले बताए।
मंगलबार ६ लाख लिटर पेट्रोल वाग्मती अञ्चलमा वितरण गरेको निगमले जनाएको छ । तर अधिकांश लाइनमा बसे पनि तेल पाएका थिएनन् भने कतै दिउसाे ३ बजे बाडने भनेकाे तेल रातकाे ३ बजे तीर बाडीएकाे र लाइनमा बस्ने हरूले पनी नपाएकाे गुनासाे गरेका छन ।