असोज २७, काठमाडौं । सभामुख सुवास नेम्वाङ र उपसभामुख वनसरी घर्तीले पदबाट आजै राजीनामा दिएका छन् ।
राजीनामा दिएपछि आजैदेखि नयाँ सभामुख चयनका लागि प्रक्रिया प्रारम्भ हुनेछ । बुधबार सिंहदरवारमा सभामुख र उपसभामुखले एकअर्कालाई राजीनामा पत्र बुझाएका छन् ।दुवै पद रिक्त रहेकोले आज बोलाइएको संसद्को बैठक ज्येष्ठ सदस्यले संचालन गर्नै छन् । आजको बैठकलाई नवनिर्वाचित प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नयाँ संविधान जारी भएपछि संसद् बैठक बसेको बिस दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने प्रावधानअनुसार नेम्वाङले पद त्याग गर्न लागेका हुन् ।बिहीबारसम्म दलहरुलाई सहमतिका लागि समय दिइनेछ । सहमति नभए दुवै पदमा शुक्रबार संसदमा मतदान उने छ ।
प्रतिक्रिया दिनुहोस्