असोज २७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको चुनाबमा भिड्ने तयारि गरेको छ ।
महाराजगञ्जमा बुधबार बिहान सुशील कोइरालाको निवासमा बसेको पार्टीका पदाधिकारीको बैठकले अबका सबै पदमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
लोकतन्त्रमा चुनाव र प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताउँदै काग्रेसले पनि सोहि मान्यताका आधारमा उम्मेदवारी दिन लागेको बताएको छ । यस अघि काग्रेसले पनि पार्टी सभापति शुशील कोरालालाई प्रधानमन्त्रीको उम्मेदवारी दिने निर्णय गरे पनि पराजित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्