0 COMMENTS

काठमाडौं, २६ असोज । ६० दिनदेखि मधेसमा आन्दोलन गरिरहेको संयुक्त मधेसी मोर्चाले  आफ्ना आन्दोलनका सम्पुर्ण कार्यक्रम फिर्ता लिने भएको छ । दशै तिहारलाई मध्यनजर गरी तत्कालका लागि सवै कार्यक्रम फिर्ता लिने मोर्चाले निर्णय गरेको  कुरा स्रोत ले जानकारी दीयाे ।
मोर्चाको औपचारिक निर्णय अहिले केही बेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । मोर्चा भन्सार नाकामा लगाइएको नाकाबन्दी पनि आजैदेखि फिर्ता लिने भएको छ ।
नयाँ सरकारले औपचारिकरुपमा वार्ताको आह्वान गरेको र आफ्ना मागहरु सदन र सडक दुवै ठाउँबाट राख्ने निर्णयसहित बन्द हड्ताल र नाकाबन्दीका सवै कार्यक्रम फिर्ता लिएको मोर्चाका सम्बद्ध एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।