0 COMMENTS


Tranker-oilसोज २६,काठमाण्डाै/
भारतसंगका बिभिन्न नाकाबाट आज ठुलो परिमाणमा इन्धन भित्रदैछ ।
विराटनगरको रानी भन्सारबाट अहिलेसम्म १३ ट्यांकर डिजेल, १५ बुलेट एलपी ग्यास सहित ७५ वटा मालवाहक ट्रक तथा ट्यांकर नेपाल भित्रिएका छन् । पेट्रोल बोकेका अन्य केही ट्यांकर नेपाल भित्रने क्रममा रहेको भन्सार कार्यालयले जनाएको छ ।नेपालगञ्जको रुपैडिहा नाकाबाट पनि आज ठूलो परिमाणमा इन्धन भित्रिदैछ । भारतको गोन्डास्थित डिपोमा १ लाख २० हजार लिटर पेट्रोल भरेका ट्याङ्कर साँझसम्म नेपाल भित्रिने भन्सार कार्यालयले जनाएको छ । सो नाका हिजोबाट सहज बनेको हो ।

झापाको काँकडभिट्टाबाट विहान खाना पकाउने एलपी ग्यासको ४ वटा बुलेट सहित ४८ वटा मालबाहक सवारी नेपाल प्रवेश गरेका छन ।यस्तै रुपन्देहीको बेलहिया नाका हुदै एलपी ग्यासका २५ वटा बुलेट नेपाल भित्रिने क्रममा रहेको त्यहाँबाट हाम्रा सहकर्मीले जनाएका छन । सो नाकामा भारतीय पक्षबाट भन्सार जांचका क्रममा अझै पनि ढिलाई भइरहेको सवारी चालकले बताएका छन् ।विरगञ्जस्थित रक्सौल नाका भने २० दिनयता जारी मधेशी मोर्चाको धर्नाका कारण अझै सहज हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।