0 COMMENTS

असोज २५, काठमाडौं । नयाँ सरकार बने लगत्तै नेपाल-भारत सीमा नाकाहरुमा लागेको अघोषित नाकाबन्दी खुकुलो बनेको छ । आज प्रमुख भन्सार नाका वीरगन्जबाहेक सबै नाकाबाट इन्धन र मालसामान नेपाल भित्रने क्रम जारी छ ।

बिगत ९ दिन देखि ठप्प बनेको भैरहवा (सुनौली नाका) आज १ बजे देखि खुलेको छ । नाका खुलेपछि फ्याट-फुट मात्रामा निर्यात सवारीहरु नेपाल छिरेको सुनौली भन्सार प्रमुख लावन्य कुमार ढकालले साझासबाललाई बताए । ढकालका अनुसार नाका सुचारु भएपछि नाकामा रोकिएका गाडीहरु लाइनबद्ध रुपमा फ्याट-फुट रुपमा नेपाल छिर्दैछन् ।

भन्सार प्रमुख ढकालका अनुसार सुनौली नाकाबाट ४ बजेसम्ममा इन्धन बोकेका ४ ओटा ट्यांकर, २ ग्यास बुलेट र बिभिन्न सामान बोकेका ६० ओटा गाडी नेपाल छिरेका छन् । गत पाँच दिनदेखि सुनौली नाकामा हजारौं गाडीहरु रोकिएका थिए ।

त्यस्तै आज मध्याह्नसम्म काँकडभिट्टाको मेची भन्सार नाकाबाट ६० मालसामान बोकेका गाडी नेपाल आएका छन् । जसमा दुई बुलेट ग्यास रहेको मेची भन्सारका प्रवक्ता दीपेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

त्यस्तै नेपालगन्ज नाकाबाट पनि मालसामान भित्रनेक्रम जारी छ । अहिलेसम्म १६ ट्यांकर डिजेल नेपालगन्ज आइसकेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार ४६४ किलो लिटर लोड भइसकेकोमा १६ ट्यांकर अर्थात २६४ किलो लिटर डिजल नेपालगन्ज भन्सारमा आइसकेको छ । उता कैलालीको नाकाबाट पनि नेपालमा निर्वाध रुपमा मालसामान भित्रिँदैछन् । कैलालीकै गौरीफन्टा नाकाबाट पनि गाडीहरु नेपाल भित्रिरहेका छन् ।

बाकेकाे रूपेडीया नाका बाट १६ ट्याङ्कर डीजेल भीत्रेकाे जानकारी भन्सार प्रमुले जाकारी दीनुभयाे ।

त्यसैगरि विराटनगरको रानी भन्सारबाट सोमबार मालसामानका कन्टेनर नेपाल भित्रिरहेका छन् । आयल निगमका अनुसार बुधबारदेखि बढी मात्रामा पेट्रोल नेपाल आउनेछ ।

भारतीय आयल निगमले आफूसँग भएको इन्धन दिएको र सीमामा भारतीय पक्षले कुनै अवरोध नगरेपछि पेट्रोलियम पदार्थका गाडी सहज रुपमा नेपाल आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।