0 COMMENTS

असोज २५, काठमाडौं । नेपाल आयल निगमले मंगलबार एक दिनमात्र निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ उपलव्ध गराउने जनाएको छ ।

उपत्यकाका एक सय २५ वटा पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बितरण गरिनेछ । उपत्यकाको पेट्रोल पम्पबाट दिउसो १ बजेदेखि मोटरसाइकललाई ५ लिटर र चारपांग्रे कार, जीप, भ्यानलाई १५ लिटरका दरले डिजेल र पेट्रोल बितरण गर्ने व्यवस्था मिलाइएको छ । यसका लागि राजधानीका सबै निजी पेट्रोल पम्पलाई करिव ६ हजार किलोलिटर पेट्रोलियम पदार्थ उपलव्ध गराईने निगमले जनाएको छ ।

पेट्रोलियम व्यवसायीले ७ हजार किलोलिटर माग गरेकोमा निगमले ६ हजार किलोलिटर उपलव्ध गराउने भएको छ । निजि सवारी साधान भएकाहरुले आफ्नो ब्लुबुक लिएर पम्पमा जानुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।