२५ असोज ,काठमाडौ/नेपाल टेलिकमले दशैं, तिहार र छठको अवसरमा आफ्नो सेवा प्रयोग गर्ने उपभोक्ताहरुलाई विभिन्न छुट दिने भएको छ ।
टेलिकमले यसअघि २ सय रुपैयाँमा दिँदै आएको जिएसएम तथा सिडिएमए मोबाइलको सिम तथा रिम कार्ड कात्तिक १ गतेदेखि ९० रुपैयाँमा दिने जनाएको छ । त्यो सिमकार्डमा ५० रुपैयाँ बराबरको कुराकानी गर्न पाइने छ ।
टेलिकमले यसअघि २ सय रुपैयाँ हालेर सिम किनिसकेका तर एक्टिभेट नगरेकाहरुलाई असोज ३० गते भित्र एक्टिभेट गर्न पनि आग्रह गरेको छ ।
यस्तै टेलिकमले असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म जिएसएम तथा सिडिएमए मोबाइलबाट कुरा गर्दा लाग्ने रकममा १० प्रतिशत छुट दिने पनि जनाएको छ ।
छुटपछि प्रिपेडबाट प्रतिमिनेट १ रुपैयाँ ३५ पैसा र पोष्टपेडबाट प्रति मिनेट ९० पैसामा कुराकानी गर्न पाइनेछ । असोज २६ गतेदेखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म टेलिकमको नेटवर्कभित्र दैनिक हुने कुल एसएमएस बापत त्यति नै संख्यामा बोनस एसएमएस दिइने टेलिकमको विज्ञप्तिमा छ ।
यस्तै टेलिकमले असोज २८ गतेदेखि कात्तिक २८ गतेसम्म एक महिनाका लागि जिएसएम तथा सिडिएमए मोबाइलका पोष्टपेड प्रयोगकर्तालाई ५० एमबी डाटा सित्तैमा उपलब्ध गराउने छ ।टेलिकमले कम्पनीबाट वितरण गरिएको स्थानीय टेलिफोन सेवा (ल्याण्ड लाइन तथा सिडिएमए फोन) का प्रयोगकर्तालाई मासिक २ सय रुपैयाँमा एकसय ७५ निःशुल्क लोकल कल उपलब्ध गराउँदै आएकोमा कात्तिक महिनामा भने २ सय ७५ कल उपलब्ध गराउने छ
प्रतिक्रिया दिनुहोस्