0 COMMENTS

काठमाडौं, असोज २५ ।मन्त्रिमण्डल विस्तारका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपा एमालेको स्थायी समितिको बैठक सोमवार बस्दैछ ।बैठकमा पार्टीबाट सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल हुनेछ । सरकारले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरिरहेका बेला एमालेले मन्त्रि चयनको प्रक्रिया अगाडि बढाएको हो । हालसम्म नेकपा एमालेवाट मन्त्री बन्नेहरूमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेल रहनुभएको छ । उनीहरूलाई विनाविभागीय मन्त्रीका रुपमा शपथ दिलाउने बुझिएको छ ।त्यसै गरी बैठकमा गठबन्धनका दलहरूसँग पदबाँडफाँटका विषयमा कसरी अगाडि जानेबारेमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।