0 COMMENTS

  प्रकाश बश्याल, परासी, २४ असोज ।तराई मधेश राष्टि्य अभियानद्धारा घोषितसम्रग मधेश एक प्रदेशको माग गर्दै भोली सोमबार एक वृहत आमसभा हुने भएको छ । हालसम्म आन्दोलनले पाएको उपलब्धि र यसको मागका विषयमा जनतामाझ जानकारी दिने उद्देश्यले राष्टिय अभियानले भोली दिउसो मन्झिरिया चोकमा एक वृहत आमसभा आयोजना गर्न लागेको हो ।

उक्त आमसभालाई सम्बोधन गर्न तराई मधेश राष्टिय अभियानका केन्द्रिय संयोजक जय प्रकाश गुप्ता सहित विभिन्न केन्द्रिय नेताहरुको आगमन हुने अभियानका जिल्ला संयोजक दिपचन्द्र कौशलले जानकारी दिनु भयो । आमसभामा मधेशी जनता र विभिन्न समुदायहरुकोे हक अधिकारका विषयमा चर्चाहुने भएको हुँदा सो सभामा सबै थारु, मधेशी, मुस्लिम, दलित, कर्मचारी र विभिन्न संघसंस्थाहरुलाई उपस्थितका लागि विभिन्न संचारमाध्यमद्धारा आग्रह समेत गरिएको जिल्ला संयोजक कौशलले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।