0 COMMENTS

nepal-oil-corporation_nepal1काठमाडौ २४,असाेज। इन्धन नपाएर दशैंमा घर जान नपाइने हो कि भन्ने चिन्ता अब नगरौ । सरकारले तपाइको आफ्नै गाडीका लागि पनि इन्धन दिने भएको छ ।

गृह, वाणिज्य तथा आपूर्ति मन्त्रालय, तीनै सुरक्षा निकाय र नेपाल आयाल निगम बिच शनिवार भएको बैठकले निजी सवारीलाई असोज २६ गते (मगलबार) इन्धन दिने निर्णय गरेको हो । आपूर्ति मन्त्रालयका आपूर्ति व्यवस्थापन तथा सस्थान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने, ‘सोही अनुसार निगमलाई व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।’ ती दिन जोरबिजोर लागु नहुने बताइएको छ । उनका अनुसार मोटरसाइकललाई ५ लिटर र कार/जिपलाई १५ लिटर इन्धन दिइने छ । इन्धन बितरण गर्ने पम्पको नामावली भने निगमले नै तोक्ने छ ।

यसअघि घटस्थापनादेखि बिदा भएमा २३ गते बितरण गर्ने निगमले गृहकार्य गरेको थियो । अघोषित नाकाबन्दीले इन्धन आयातमा कमी भएपछि निगमले बितरणमा भारी कटौती गर्दे आएको छ । दैनिक साढे ३ सय किलो लिटर बितरण हुने पेट्रोल अहिले ४० देखी ५० हजार लिटर मात्रै बितरण गर्दे आएको छ । यस्तै, डिजेलमा बितरणमा पनि कटौती गरेर औषत १ लाख ५० हजार लिटर बितरण गर्दे आएको छ । यसअघि दैनिक साढे ४ सय किलो लिटर डिजेल बितरण हुन्थ्यो । अहिलेको तुलनामा २६ गते बढी मात्रामा इन्धन बितरण गरिने मन्त्रालयले जनाएको छ ।

चाडबाड नजिकिएकाले यात्रुहरुलाई गृह जिल्ला पठाउन निजीलाई पनि दिने निर्णय भएको मन्त्रालयले जनाएको छ । बैठकले यात्रु बसलाई पनि मुख्य प्राथमिकतामा राखेको त्रिपाठीले बताए । बितरण हुने दिनमा निजी र सार्वजनिक सवारीका लागि छुटा छुटै पम्प तोकिने निगमको योजना छ ।

बैठकले लामो दुरीका बसलाई पनि प्राथमिकतामा राखेको छ । ती ठुला बसहरुलाई घटस्थापनाका दिनदेखी डिजेल बितरण गर्ने गरिने छ । घटस्थापनका दिनदेखी ठुलो बसमा इन्धन बितरणमा जोर बिजोर हटाइने जनाएको छ । लामो दुरीको रुटमा चल्ने बस, मिनी बस र माइक्रो बसमा चाहिने इन्धनको बिबरण उपलब्ध गराउन व्यवसायीलाई भनिएको छ । साही अनुसार व्यवसायीले पनि चाडबाडका लागि करिब ७५ लाख लिटर इन्धन आवश्यक भएको प्रस्ताव गरेको छ । व्यवसायीहरुले पेस गरेको प्रस्तावबारे थप छलफल गरी चाडै निर्णय लिइने मन्त्रालयले जनाएको छ । माग अनुसार तत्कालका उपलब्ध गराउन नसके पनि बैकल्पीक उपाय र अन्य निकायलाई दिदै आएको इन्धन कटैती गरेर सार्वजनिक सवारी दिने निगमको योजना छ ।

‘आपूर्तिमा समस्या भइरहेको बेला एक पटक धेरै मात्रामा इन्धन दिन सक्दैनौ । तर,व्यवसायीले राखेको प्रस्तावमा निगम सकरात्मक छ ,’ निगमका एक अधिकारीले भने, ‘अन्य बैकल्पीक उपाय र अन्य निकाटबाट कटैती गरेर यात्रुलाई गन्तव्य सम्म पुयाउछौ ।’ निगमका अनुसार उपत्यकामा निगमसग ८ हजार किलोलिटर डिजेल र १ हजार ८ सय किलो लिटर पेट्रोल भण्डारण छ ।

भारतबाट इन्धन आयात नहुदा करिब दुई सातादेखी मौज्द्धातबाट कोटा प्रणाली अनुसार बितरण गर्दे आएको छ । मौज्दातमा कमी हुन थालेपछि बितरणमा पनि कटैती गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।