0 COMMENTS

असोज २४, काठमाडौँ । ढिलै भए पनि दसैं मान्‍न घर जाने यात्रुले सोमबारदेखि सवारीसाधन चढ्न पाउने भएका छन् ।

सरकार, यातायात व्यवसायी तथा नेपाल आयल निगम (एनओसी) ले सोमबारदेखि लामो दूरीको बस सञ्चालन गर्ने निर्णय गरेका हुन् । सोमबारदेखि आठ दिनका लागि दसैंलाई लक्षित गरेर विशेष सतर्कता तथा सुरक्षाका साथ सवारीसाधन सञ्चालनमा ल्याइनेछ ।

नाकाबन्दी, असुरक्षा, बन्दहडताल तथा इन्धन अभावमा यसपटक अग्रीम टिकट काट्ने व्यवस्था कार्यान्वयनमा आउन सकेन । अग्रीम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन नसक्दा यसपटक यात्रुको चाप निक्कै बढ्नेछ । यात्रुले यात्राको एक दिनअघि नयाँ बसपार्क, सुन्धारा, कलंकी, गौशाला, कोटेश्वर, चाबहिल, बल्खुलगायतका स्थानका टिकट काउन्टरबाट टिकट काट्नुपर्नेछ ।

दसैंमा निर्बाध रूपमा लामो दूरीमा सवारीसाधन सञ्चालन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सरकारसँग आठ दिनका लागि ७४ लाख ९६ हजार लिटर डिजेल र पेट्रोल माग गरेको छ। महासंघका महासचिव सरोज सिटौलाले आठ दिनमा उपत्यकाबाट १५ लाख यात्रुलाई दसैं मान्न घर पठाउने योजना तयार पारिएको जानकारी दिए ।

लामो दूरीमा दैनिक ६ हजार दुई सय ५० वटा ठूलो बस सञ्चालनमा ल्याइनेछ । यस्ता बसका लागि दैनिक नौ लाख ३७ हजार लिटर इन्धन उपलब्ध गराइदिन महासंघले एनओसीलाई पत्राचार गरेको छ । -अन्नपूर्ण पोस्ट दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।