0 COMMENTS

असोज २४, काठमाडौं । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका मधेस केन्द्रितदलले प्रधानमन्त्री उम्मेद्वार नेपाली कांग्रेस सभापति सुशील कोइरालालाई मतदान गर्ने लगभग निश्चित भएको छ ।

बिहान बस्ने मोर्चाको बैठकले कोइरालाको पक्षमा मतदान गर्ने निर्णय लिनेछ । यद्यपि शनिबार साँझसम्म मधेस केन्द्रित कुनै पनि दलले औपचारिक रुपमा कोइरालाई मतदान नगर्ने निर्णय गरिसकेका छैनन् ।

बिजुलीबजारस्थित तराई–मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा शनिबार साँझ बसेको मोर्चाआवद्ध शीर्ष नेताको बैठकले कोइरालाको पक्षमा मतदान गर्नुपर्नेमा जोड गरेका छन् । ‘ओलीलाई मत दिन हुँदैन भन्ने पक्षमा मोर्चा रहेको छ’ सद्भावनाका महासचिव मनिष सुमनले भने, ‘त्यसको विकल्पमा के गर्ने भन्ने निर्णय आइतबार बिहान बस्ने बैठकले गर्नेछ ।’ -नगारिक दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।