0 COMMENTS

 

असोज २४, काठमाडौँ । काठमाडौँस्थित भारतीय दूताबासले सभासद किनबेचको प्रयास गरेको छ ।

सभासद् किनेर नेपाली कांग्रेसललाई समर्थन गराउन एमाओवादी, राप्रपा नेपाल लगायतका सभासदहरु खरिदको प्रयास तीव्र बनाएको स्रोतले दावी गरेको छ ।

स्रोतका अनुसार दूतावासले बाँडेको पैसा बाहिर पुगेपछि एमाओवादीका ३० जना केन्द्रीय सदस्यहरुले वक्तव्यत निकाले एमालेर एमाले अध्यक्ष केपी ओलीलाई समर्थन गर्ने निर्णयको विरोध गरेका छन् ।

त्यस्तै राप्रपा नेपालले समेत सभासदहरु किनबेचको कुरा आएपछि केपी ओलीको पक्षमा मतदान गर्ने ह्वीप नै जारी गरेको छ ।

सूत्रका अनुसार भारतीय दूतावासले राप्रपा नेपालकी कमला शर्मा, रेशम लामा लगायतका सभासद्को नेतृत्वमा ४ जना सभासद खरिद गर्ने च्यानल बनाएको छ ।
त्यस्तै काठमाडौँ महानगरपालिकामा एजेन्टको काम गर्दै हाल सभासद बनेका हरिचरण शाहले केही सभासदहरुलाई दूतावासको सम्पर्कमा पुर्याएर सभासद खरिदको नेतृत्व गरिहेको समाचार स्रोतको दावी छ । –जनसवाल दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।