0 COMMENTS

काठमाडौँ, २३ असोज । राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्काे मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गरिरहने जिम्मेवारी दिनुभएको छ ।
राष्ट्रपति डा यादवसमक्ष प्रम कोइरालाले आजैका मितिदेखि लागु हुने गरी संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनुभएको थियो ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरुप्रति राष्ट्रपति यादवले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।