0 COMMENTS

असोज २३, धनगढी । हिन्दुहरुको महान चाड दशैलाई मध्यनजर गर्दै दुई महिना भन्दा बढी समयदेखी जारी थरुहट-थारुवान संयूक्त संघर्ष समितिले आबहान गरेको आमहडताल खुकुलो पारिएको छ । आम हडताल खुकुलो पारेपनि विरोधका कार्यक्रमहरु भने जारी नै रहने संघर्ष समितिले जानकारी दिएको छ ।

शनिबार धनगढीमा संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबक्ता माधब थारुले दशैलाई मध्य नजर गरि जिल्ला भित्र चल्ने छोटो दुरीका यात्रुबाहक गाडि तथा मालबाहक गाडि र बजार व्यवसायमा खुकुलो पारेको बताए । प्रवक्ता थारुले लामो दुरीका यात्रुबाहक तथा मालबाहक गाडिलाई भने चल्न नदिने बताए ।

थरुहट-थारुवान संयूक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थरुहट राज्य माग्दै साउन २२ गतेदेखि आमहडतालका कार्यक्रम जारी राखेको थियो । ‘हाम्रो आन्दोलन जारी छ’ प्रबक्ता थारुले भने ‘तर, दशैलाई मध्यनजर गरेर बजार बन्द नगराउने निर्णय गरेका हौं ।’

‘हाम्रो अधिकार राज्यले सम्बोधन नगरेको हुँदा यस वर्षको दशैँलाई कालो दशैँका रुपमा मनाउँछौँ’ उनले भने ‘विगतका वर्षमा हामीले दशैँ मिलन कार्यक्रम गर्दथ्यौं तर यस वर्ष दशैँमा विरोध सभा गर्छौ ।’ त्यस्तै दशैँका बेला खेतमा लगाएको धानबाली अर्थात अन्नबाली स्याहार गर्दा कालो झण्डा देखाउँदै स्याहार गर्ने बताए । आन्दोलनलाई अझ शशक्त बनाउन कार्तिक १५ गतेसम्म गाउँ टोलमा जनजागरण अभियान सञ्चालन गर्ने र असोज २८ गते पश्चिमी कमाण्डमा र ३० गते पूर्वि कमाण्डमा थरुहट-थारुवान युवा स्वयंसेवकहरुलाई वैचारिक प्रशिक्षण गर्ने संघर्ष समितिको कार्यक्रम रहेको छ ।

केही पहिले घोषणा गरेको नागरिकता प्रशासनमा बुझाउने र नागरिकले तिर्नुपर्ने करहरु नतिरेर राज्यलाई असहयोग गर्ने अभियान सुचारु गर्ने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । साथै विरोध कार्यक्रम अन्र्तगत सरकारी, गैरसरकारी तथा सार्वजनिक स्थलमा थरुहट÷थारुवान स्वायत्त प्रदेश लगायतका नाराहरु उल्लेखित भित्ते लेखन अभियान जारी रहेको जानकारी दिईएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव रामचरण चौधरीले मधेशी मोर्चा र थरुहटको आन्दोलनको तिनवटा एजेण्डा साझा भएकोले आनदोलनमा सहकार्य गरिरहेको जानकारी दिए । उनले आप्mना तिन साझा एजेण्डा राज्यले पुरा गरे मधेशी मोर्चाको आन्दोलनमा सहयोग नगर्ने बताए । उनले अहिले भारतले गरेको अघोषित नाकाबन्दी प्रति सरकारको ध्यान भएको तर संविधानमा थारु र मधेशीको अधिकार सुनिश्चित भएको छ वा छैन भन्ने बारेमा ध्यान नदिएको बताए । मधेशी नेताहरु सत्तामा गएपनि आफुहरु भने थारुहरुका माग पुरा नहुन्जेल आन्दोलन जारी राख्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।