0 COMMENTS

gagan-thapaअसोज २३, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता गगन थापाले कांग्रेस भारतको इशारामा चलेको आरोप साँचो ठहर्ने गरी कोइराला फेरी प्रधानमन्त्री बन्ने निर्णय आएको बताएका छन् ।

थापाले पार्टी अन्तैबाट परिचालित भएको आशंका गर्नेलाई बल पुगेको बताउँदै कांग्रेसका अधिकांश नेताहरुमा मधेशको जायज मुद्धामा केन्द्रित बनेर एमालेलाई प्रधानमन्त्री बनाउन सघाउनु पर्ने धारणा रहेको बताए । थापाले पार्टी सभापति सुशील कोइरालाले प्रधानमन्त्री पदमा पुनः उम्मेदवारी दिने निर्णय घातक हुने बताए ।

उनले भने ‘सभापतिज्यूसँग प्रधानमन्त्री जित्ने संख्या पनि छैन र एजेण्डा पनि छैन, बहुसंख्यक केन्द्रीय समिति सदस्यको चाहना विपरित अचानक आएको यो निर्णयले हामी स्तब्ध बनेका छौं ।’ उनले फेरी भने ‘हामी हाम्रै पार्टीमा छौं वा अरूको इशारामा चल्ने पार्टी भित्र छौं अन्योल भयो ।’

थापाका अनुसार कोइरालाले प्रधानमन्त्री नबन्ने बताएका थिए । तर एकाएक फेरी प्रधानमन्त्री बन्ने निर्णय गरेपछि थापाले आफुलाई अचम्म लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।