0 COMMENTS

विराटनगर, २२ असोज ।विराटनगर भन्सार कार्यालयको परिसरमा भारतबाट छत्तीसवटा पेट्रोलियम पदार्थका गाडीसहित ६२ वटा गाडी भित्रिएका छन् ।

सोमध्ये २४ वटा डिजेल , तीनवटा पेट्रोल , र नौवटा ग्यासका बुलेट बाेकेका ट्याङ्कर  रहेको भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराए ।साथै मालवाहक ट्रक, कच्चापदार्थ बोकेका ट्रकहरु छन् । वेलुकीसम्म थप पेट्रोलियम पदार्थसहितका गाडी आउने सम्भावना रहेको उनले बताए ।

सो नाकाबाट बिहीबार पेट्रोलियम पदार्थ बोकेका एउटा पनि गाडी भित्रिएका थिएन । आज विहानैदेखि पेट्रोलियम पदार्थका गाडीहरु भित्रिने क्रम सुरु भएको हो ।

 नेपालगञ्जस्थित जमुनाह नाकामा  भने धर्ना बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले अाज शुक्रबार हटाएको छ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको प्रमुख उपस्थितिमा सीमा नाका भन्दा दुई किलोमिटर वरै चौलिक्का चौकमा भएको बिरोध सभापछि मोर्चा कार्यकर्ताहरु धर्नाका लागि नाकामा पुगेका थिए ।त्यस क्रममा प्रहरीले मोर्चाका केही कार्यकर्तालाई पक्राउ गरेको छ । केही घाइते भएका छन् ।

यसैबीच नेपालगञ्ज नाकाबाट शुक्रबार डिजेलका तीन ट्याङ्कर र एउटा ग्यास बुलेट सहित बेलुकासम्म २५ भन्दा धेरै गाडी भारतबाट नेपालगञ्ज भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।