0 COMMENTS

काठमाडौं, २२ असोज ।‘शेरबहादुरजी तपाईको प्रधानमन्त्री बन्ने चाहाना हो ? त्यसो हो भने कुरा प्रष्ट राख्नुस्’, पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले यतिमात्र के भनेका थिए संगै कुम जुधाएर बसेका सत्र पटकसम्म प्रधानमन्त्रीकाे उमेदवार भै हारखाएका रामचन्द्र पौडेल कड्कि हाले । ‘तपाई प्रधानमन्त्री हुनुभयो, संविधान बनाउनु भयो । शेरबहादुरजी धेरै पटक प्रधानमन्त्री भइसक्नु भएको छ, अनि मेरो पालो कहिले हो ? फेरी शेरबहादुरजीलाई नै सोध्नु हुन्छ ।’

विहीबार बसेको कांग्रेस केन्द्रीय समितिभित्रको संवाद हो यो । कांग्रेस केन्द्रीय समितिमा भावी प्रधानमन्त्रीका लागि तीन नेताबीच जुहारी चलेको छ । सभापति सुशील कोइराला सके फेरी आफ्नै नेतृत्वमा सरकार बनाउने नसके एमालेलाई नेतृत्व दिने पक्षमा छन् भने वरिष्ठ नेता शेरबहादुर देउवा पनि आफु प्रधानमन्त्री बन्ने होडमा छन् । यी दुई नेतासँगै प्रधानमन्त्रीको रेसमा फेरी रामचन्द्र पौडेल उत्रेका छन् । पौडेलले कांग्रेसको नेतृत्वमा सरकार बनाएर आफैले नेतृत्व गर्नु पर्ने कुरा उठाएका छन् ।
दुई दिनदेखि बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले न त आफ्नो दलबाट प्रधानमन्त्रीको उम्मेद्धार तय गर्न सकेको छ नत एमाले उम्मेद्धार तथा अध्यक्ष केपी ओलीलाई समर्थन गरेको छ । कांग्रेसका अधिकाँस नेताहरु आफ्नै नेतृत्वमा सरकार गठन गर्नुपर्ने पक्षमा उभिएका छन् भने केही नेताहरु भने पूर्वसहमतिका आधारमा एमालेलाई नेतृत्व दिनुपर्ने पक्षमा उभिएका छन् ।
नेपाली कांग्रेसका दुई महामन्त्री प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्कालगाएतका नेताहरु एमालेलाई सहयोग गर्नुपर्ने पक्षमा देखिएका छन् । तर अर्जुननरसिंह केसी, डा. शेखर कोइराला भने भए कांग्रेस नेतृत्वको सरकार बनाउने नभए प्रमुख प्रतिपक्षमा बस्ने पक्षमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।