0 COMMENTS

kr (1)काठमाडौं : दक्षिण कोरिया जानका लागि लिइएको छैटौं इपिएस भाषा परीक्षामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका छन्। गत असोज २ र ३ गते भएको भाषा परीक्षामा सहभागी भएका ४३ हजार ४ सय ६ परीक्षर्थीमध्ये करिब साढे ८ हजार जना पास भएका हुन्।

नेपाल सरकार र कोरिया सरकारबीच भएको सम्झौताअनुसार नेपाली कामदारलाई रोजगारीका लागि कोरिया लैजान लिइने प्रारम्भिक भाषा परीक्षामा उत्पादनमूलक क्षेत्रतर्फ पाँच हजार आठ सय १७ र कृषि तथा पशुपालनतर्फ दुई हजार ६७३ जना परीक्षार्थी उत्तीर्ण भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ।

भाषा परीक्षा उत्तीर्ण भएका सबै व्यक्तिले सीप परीक्षण परीक्षामा सहभागी हुन पाउने छन्। भाषा परीक्षा उत्तीर्ण व्यक्तिको स्वास्थ्य परीक्षण, रोजगार आवेदन फाराम तथा सीप परीक्षणलगायत कार्यहरु मङ्सिर महिनाको पहिलो हप्तादेखि सञ्चालन हुने र यससम्बन्धी विस्तृत विवरण छिटै प्रकाशित गरिने शाखाले जनाएको छ।

उत्तीर्ण हुनेले रोजगार आवेदन फारम भर्नका लागि अनिवार्य रुपमा मेसिनले पढ्न सक्ने राहदानी (एमआरपी) पेस गर्नुपर्ने, प्रहरी प्रतिवेदन र स्वास्थ्य परीक्षणमा सफल भएका व्यक्तिले मात्र रोजगार आवेदन फारम भर्र्न सक्ने शाखाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।