0 COMMENTS

२१ असोज, काठमाडौं ।नेपाल वायुसेवा निगमले आफ्ना उडानहरु नियमित राख्नुका साथै दशैंमा धेरै यात्रुहरुलाई सेवा दिन कोलकत्ताबाट चार्टर उडान गरी हवाई इन्धन ल्याएको छ । दशैंमा बैदेशिक रोजगारीबाट धेरै यात्रुहरु स्वदेश फर्किने भएकाले बढी भन्दा बढी यात्रुलाई सेवा दिन चार्टर गरी हवाई इन्धन ल्याएको निगमले जनाएको छ ।

निगमले बोइङ ७५७ जहाजबाट दुई उडान गरेर ३६ टन हवाई इन्धन ल्याएको निगमका प्रवक्ता रामहरी शर्माले जानकारी दिए । १८ टन नेपाल आइसकेको र बाँकी १८ टन अहिले केही बेरमा नेपाल आइसक्ने प्रवक्ता शर्माको भनाई छ । इन्धन नेपाल आयल निगमको स्टोरेज ट्यांकीमा जम्मा गरी निगमलाई आवश्यक पर्दा विमानमा भरिनेछ । परिस्थिति र आवश्यकता अनुसार भोलिका दिनमा पनि चार्टर उडान गरेर हवाई इन्धनको सञ्चिती बढाउने निगमको योजना छ । यसका लागि आवश्यक प्रक्रिया पूरा गरिएको निगमले जनाएको छ ।
यसअघि विभिन्न मुलुकबाट काठमाडौं फर्किने विमानमा अर्को गन्तव्य जान पुग्ने हवाई इन्धन ल्याउनुपर्दा कम संख्यामा यात्रु बोक्नुपर्थ्यो । तर, अब चार्टर गरी इन्धन ल्याएको हुँदा बढी संख्यामा यात्रु ल्याउन सकिने निगमको विश्वास छ । कोलकताको उडान केवल ४५ मिनेटको मात्र हुने र काठमाडौंको तुलनामा हवाई इन्धन सस्तो भएकाले कलकत्ताबाट चार्टर गरी ल्याएको निगमले जनाएको छ ।

भारतले नाकाबन्दी गरेपछि नेपाल आयल निगमले इन्धन संकट टार्नका लागि नेपालमा अन्तर्रा्ष्ट्रिय उडान भर्ने विमानलाई तेल दिन छाडेको छ । निगमले तेल नदिएपछि अन्तर्रा्ष्ट्रिय विमानले विभिन्न देशका विमानस्थलमा टेक्निकल ल्यान्डिङ प्राविधिक अवतरण तेल भरी उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।