0 COMMENTS

Prachanda_addresses_mass_meet२१ असोज, काठमाडौं ।एकीकृत माओवादीले भारतीय नाकाबन्दी विरुद्ध आफ्ना जनवर्गीय संगठनलाई सडकमा उतार्ने भएको छ ।

नाकाबन्दीको सडकबाटै विरोध गर्ने अभियान चलाउन एमाओवादीले आज त्यसबारे निर्णय गर्न लागेको नेताहरुले बताएका छन् ।

संविधानसभाबाट संविधान पारित भएर जारी गर्ने दिन तय भैसकेपछि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दुतलाई गलत समयमा आएको भन्दै फर्काएका एमाओवादी अध्यक्ष प्रचण्डले भारतीय नाकाबन्दी विरुद्ध खुलेर बोल्दै आएका छन् ।

आगामी २८ असोजमा चीन जाने तय भैसकेका प्रचण्डले आफू चीन जानु अघि भारतीय नाकाबन्दी विरुद्ध जनवर्गीय संगठनलाई सडकमा उतार्ने तयारी गरेको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।