२१ असोज, काठमाडौं । सरकारले इन्धन अायातमा इण्डियन आयल कर्पोरेशनको एकाधिकार तोड्दै ग्लोबल टेन्डर आहृवान गरेको छ ।
भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले इन्धन पैठारीका लागि टेन्डर आहृवान गरेको छ ।
देशी तथा विदेशी सप्लायर्सहरुले टेण्डर लिन सक्नेछन् । सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।
हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले तीन दिनभित्र टेण्डर भर्न आहृवान गरेको छ ।
हेराै सुचना
प्रतिक्रिया दिनुहोस्